अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१३
| Colorodo: 01:28
मध्यअमेरिकी मुलुक होण्डुरसको एक कारागारमा कैदीबन्दीबीच झडप हुँदा १६ जनाको मृत्यु भएको छ । झडपको क्रममा केही कैदीबन्दी घाइते भएका छन् । होण्डुरसको राजधानी तेगुतिगाल्पाको पूर्वी क्षेत्रमा रहेको एक कारागारमा कैदी बन्दीको दुई समुहबीच भएको झडपका क्रममा चक्कु, छुरा, खुंडा समेत प्रहार भएको बताइएको छ ।
यसको दुई दिन अघिमात्रै होन्डुरसको एक जेलमा दुई कैदी बन्दीबीच भएको झडपमा १८ जना जनाको ज्यान गएको थियो भने १६ जना घाइते भएका थिए । होण्डुरसको अधिकांश कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी रहेकै कारण बेला बेलामा झडप हुने गरेको छ ।
झडपलगत्तै सो बन्दीगृहमा सुरक्षा व्यवस्था कडा तुल्याइ अनुसन्धान थालिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनु्मान गरिएको छ ।