अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१८ | Colorodo: 02:33

अफगानिस्तान– राष्ट्रपतिमा असरफ घानी दोश्रो कार्यबालका लागि निर्वाचित

बिआरटीनेपाल २०७६ पुष ६ गते ८:३४ मा प्रकाशित

अफगानिस्तानका कामचलाउ राष्ट्रपति असरफ घानी सेप्टेम्बर २८ मा भएको राष्ट्रपतीय निर्वाचनमा सामान्य बहुमतले दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । करिब तीन महिनापछि आइतबार सार्वजनिक भएको मतपरिणाममा घानीले सामान्य बहुमतले जित हात पार्नुभएको हो । बढ्दो राजनीतिक संकट र निर्वाचनमा धाँधली गरेको आरोप लागेपछि मतपरिणाम सार्वजनिक गर्न ढिलाइ भएको थियो ।

स्वतन्त्र निर्वाचन आयोगले १८ लाख मानिससले मतदान गरेकोमा घानीले ५०.६४ प्रतिशत मत प्राप्त गर्नुभएको छ । उहाँले मुख्य प्रतिस्पर्धी अब्दुल्लाह अब्दुलाहलाई पराजित गर्नुभएको हो । अब्दुलासँग मिलेर अहिले अफगानिस्तानमा संयुक्त सरकार छ । तर, स्वतन्त्र निर्वाचन आयोगका प्रमुख हावा आलम नुरिस्तानीले काबुलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मतगणना जारी रहेकोले निर्वाचनको नतिजा अन्तिम फेरिनसक्ने भएकोले यो नै अन्तिम नतिजा नभएको बताउनुभएको छ ।

यदि निर्वाचन उजुरी आयोगले मतगणना रिभ्यूका क्रममा घानीको मत ५० प्रतिशत भन्दा कम भएमा र अर्को कुनै उमेदवारले बहुमत नल्याएमा अर्को चरणको मतदान गर्नुपर्ने उहाको भनाई छ । आइतबार आयोगले जारी गरेको मतगणना अनुसार १८ लाख २४ हजार ४०१ मतमा घानीले ९ लाख २३ हजार ८६८ मत प्राप्त गर्नुभएको छ भने अब्दुल्लाहले ३९.५ प्रतिशत अर्थात ७ लाख २० हजार ९९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू