राष्ट्रिय विभूती भीमसेन थापाको शालिक अनावरण गरिएको छ । गोरखाको गोरखा नगरपालिका– ४ मा निर्माण गरिएको थापाको शालिक अनावरण गरिएको हो । शनिबार पर्यटन, सांस्कृतिक तथा नागरिक उडानमन्त्री योगेश भट्टराईले शालिक अनावरण गर्नुभयो ।
राष्ट्रिय विभूती थापाले नेपालको एकीकरण र रक्षाका निम्ति महत्वपूर्ण योगदान गरेको भन्दै उहाँको सम्मानमा नगरपालिकाले भीमसेन पार्कभित्र पूर्णकदको शालिक निर्माण गरेको हो। करिब २० लाख लागतमा निर्माण भएको ५ फिट १० इन्च अग्लो पूर्णकदको शालिक नवीन आर्टसले तयार पारेको हो।
अनावरण कार्यक्रममा मेयर राजनराज पन्त, मन्त्री भट्टराईका साथै संघीय सभासद, प्रदेशसभा सदस्य, गोरखा जिल्ला समन्नय समितिका प्रमुख, राजनीतिक दलका नेता, जिल्ला भरिका स्थानीय सरकारका जनप्रतिनिधि, जिल्लाका सरकारी कार्यलयका प्रमुख, प्रतिनिधि कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।