अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 01:37

अन्तरिक्ष विश्वको नयाँ युद्ध भूमि हुन्छ – राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७६ पुष ५ गते ७:१० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष विश्वको नयाँ युद्ध भूमि हुने बताउनुभएको छ । वासिङ्टनस्थित अमेरिकी सेनाको बेसमा आयोजित कार्यक्रममा अन्तरिक्ष सैन्य बलका लागि औपचारिकरुपमा आर्थिक कोषको विनियोजन कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले सो कुरा बताउनुभएको हो । नयाँ सैन्य सेवा अमेरिकी हवाई सेनाअन्तर्गत् रहनेछ ।

मुलुकको राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै उहाँले त्यसको तयारीका लागि अन्तरिक्ष सैन्य बल स्थापना गरेको स्पस्ट पार्नुभयो । राष्ट्रपति ट्रम्पले ७३८ अर्ब अमेरिकी डलरको सेनाको वार्षिक बजेट विनियोजन गरिएको पत्रमा हस्ताक्षर गर्नुभएको छ । जसमा पहिलो वर्ष अन्तरिक्ष सैन्य बलका लागि चार करोड डलर छुट्याइएको छ ।

अन्तरिक्ष सैन्य बल अन्तरिक्षमा रहने छैन । तर, सन्चार र गुप्तचरी काममा रहेका सयौं अमेरिकी भूउपग्रह सुरक्षाको काम गर्नेछ । सुरुमा अन्तरिक्ष सेनाको संख्या १६ हजारको हाराहारीमा रहनेछ । चीन र रुसले आफ्ना सुरक्षा निकायको क्षमता बढाउँदै लगेपछि अमेरिका अन्तरिक्ष सेना गठनमा लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू