अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 21:53

गलत तत्वले नेपालको सीमाबाट आएर भारतमा अशान्ति मच्चाउन खोजे – भारतीय गृहमन्त्री शाह

बिआरटीनेपाल २०७६ पुष ३ गते ८:४४ मा प्रकाशित

भारतीय गृहमन्त्री अमित शाहले केही गलत तत्वहरुले नेपाल र भुटानसँगको खुला सीमाको फाइदा उठाएर भारतमा अस्थिरता निम्त्याउने प्रयास गरिरहेको दाबी गर्नुभएको छ । बिहीबार दिल्लीमा आयोजित सशस्त्र सीमा बलको ५६ औं स्थापना दिवसको अवसरमा त्यस्तो धारणा राख्नुभएको हो ।

‘भारत र नेपाल तथा भारत र भुटानबीच करिब २४५० किमि लामो खुला सीमाको सुरक्षाको जिम्मा एसएसबीको छ,नेपाल र भुटान भारतको मित्र राष्ट्र हुन्। अरु कुनै खतरा छैन । विश्वभरी नै जसरी अहिले आवागमन सरल भएको छ । दूरीका हिसाबले नजिक भएको छ । तर, यही खुला सीमाबाट भारतमा शान्ति नचाहने तत्व र देशहरुले प्रवेश गर्ने प्रयास गरिरहेका छन्’ शाहले भन्नुभयो ।

साथै उहाँले यी सीमाबाट लागूपदार्थ लगायतका अन्य गैरकानुनी वस्तुको तस्करी भइरहेको समेत दाबी गर्नुभयो । पछिल्लो एक वर्षमा ३८० करोड मूल्यको प्रतिबन्धित बस्तु एसएसबीले जफत गरेको र त्यसमध्ये १६७ करोड भन्दाबढीको लागूपदार्थ रहेको समेत शाहाको भनाई छ । सीमामा गलत तत्वहरुको घुसपैठलाई रोकेर पनि एसएसबीले प्रशंसनीय काम गरेको समेत उहाँले जिकिर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू