अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 21:55

विपक्षी दलको आन्दोलनका कारण लेबनानमा नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अवरुद्ध

बिआरटीनेपाल २०७६ पुष १ गते ८:४१ मा प्रकाशित

लेबनानमा प्रमुख दलहरुले विरोध प्रदर्शन जारी राखेपछि नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । प्रमुख इसाइ दलहरुले कामचलाउ प्रधानमन्त्री साद हरीरीको उम्मेद्वारीलाई समर्थन नगरेपछि नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अवरुद्ध भएको हो । सरकार विराधी प्रदर्शनहरु बढ्दै गएपछि प्रधानमन्त्री हरीरीले गत अक्टोबरमा पदबाट राजीनामा दिनुभएको थियो ।

हरीरीले फेरि नयाँ प्रधानमन्त्रीका लागि दलहरुको समर्थन नपाएपछि नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अवरुद्ध भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । लेबनानमा धार्मिक शक्तिहरुबीच शक्ति बाँडफाँट हुने गरेको छ । जसका कारण फरक फरक समुदायका प्रधानमन्त्री र राष्ट्रपति भएपछि एकअर्काबीच विवाद हुने गरेको छ ।

लेबनानको संविधान अनुसार संसद र सरकारमा इसाइ र मुस्लिम धर्मावलम्बीहरुको समान प्रतिनिधित्व हुनुपर्छ । साम्प्रदायिक शक्ति बाँडफाँटको आधारमा हरीरीको उम्मेदवार संविधानको व्यवस्थाविरुद्ध रहेको अधिकारीहरुले आरोप लगाएका छन् । पछिल्ला दिनहरुमा हरीरीले फेरि पनि सरकारको नेतृत्व गर्ने चाहना राखेका समाचार बाहिरीएपछि प्रदर्शनहरु थप चर्किएका छन् । सर्वसाधारणको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू