गड्स अफ हेभन इभेन्ट्स प्राइभेट लिमिटेडले आयोजना गरेको ‘म्यान अफ द वर्ड नेपाल’ को सेमिफाइनल सम्पन्न भएको छ । यही मङ्सिर २९ गते सोल्टी होटेलमा भएको कार्यक्रमबाट टप ३ फाइनालिस्ट छानिएको छ । यहाँबाट टप ३मा परेका प्रतियोगीले अस्ट्रेलियामा हुन गइरहेको नेपाल ओसियानाको मिस्टर मिस र मिसेस् प्रतियोगितामा भाग लिने छन् । उक्त प्रतियोगितामा विजेता भएपछि भने म्यान अफ द वर्ड नेपाल २०२०को टाइटल प्रदान गरिने छ ।
१३सहभागीमध्ये टप ३मा प्रिन्स मिलिनियम सुब्बा, राजेन्द्र रावल र सन्दीप राज पन्त पर्न सफल भएका छन् । उक्त कार्यक्रममा मल्टिमिडिया अवार्ड र मिस्टर ट्यालेन्ट निश्चल विश्वकर्मा, फिजीक प्रिन्स सुब्बा, बेस्ट वाक जनक थापा मगर, फोटोजेनिक मनिष ढकाल र पब्लिक च्वाइस चिरञ्जीवी थापा बन्न सफल भए ।
सुभेक्षा थापाले सञ्चालन गरेको प्रतियोगितामा सुरज सिंह ठकुरी, स्नेहा श्रेष्ठ, राम चन्द ठाकुर महेश्वर महर्जन र शामिम अनवरले निर्णायक भूमिका निर्वाह गरेका थिए । म्यान अफ द वर्ड नेपालको विजेता बनेमा ‘भ्रमण वर्ष २०२० ‘ प्रमोसनको लागि के गर्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएर उनीहरू टप ३मा पर्न सफल भएका हुन् ।
अन्तर्राष्ट्रिय प्रतियोगिता ‘म्यान अफ द वर्ड’ को फ़्रेन्चाइजको रूपमा यो प्रतियोगिता आयोजना गरिएको हो । फिलिपिन्सको कार्यक्रममा नेपालको विजेताले प्रत्येक वर्ष फिलिपिनमा हुने प्रतियोगितामा सहभागिता जनाउने छ । यस अघि नेपालका २बिजेताले प्रतियोगितामा भाग लिई सकेका छन् । सो भन्दा पहिले अस्ट्रेलियाको सिड्नीमा यही फेब्रुअरी ८मा हुन गइरहेको प्रतियोगितामा नेपाल विजेताले भाग लिने छन् र फिलिपिन जानको लागि छानिने गड्सका ध्रुव बुढाथोकीले बताएका छन् ।