अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 21:55

स्पेनमा सम्पन्न जलवायू सम्मेलन फितलो भएको भन्दै सर्वत्र आलोचना

बिआरटीनेपाल २०७६ मंसिर ३० गते ८:३१ मा प्रकाशित

स्पेनको राजधानी मड्रिडमा सम्पन्न जलवायू सम्मेलन फितलो भएको भन्दै सर्वत्र आलोचना भएको छ । सम्मेलनका कारण एक पछि अर्को डरलाग्दो अवस्थाको चित्रण गरिएका विवरण पेश भएको भन्दै आलोचना बढेको हो ।

धेरै कार्बन उत्सर्जन गर्ने देशहरुले निर्णायक कारवाही गर्नबाट रोकेको वातावरणविद्हरुले आरोप लगाएका छन् । हालसम्म भएका संयुक्त राष्ट्रसंघीय जलवायू सम्मेलनमध्ये सबैभन्दा लामो मड्रिड सम्मेलन एउटा सम्झौतामा पुगेर टुंगिएको छ । सम्मेलनमा सहभागी प्रतिनिधिहरुले कार्बन उत्सर्ज कटौतीबारे विश्वव्यापी प्रतिक्रिया बढाउने प्रतिवद्धतासमेत जनाएको बीबीसीले जनाएको छ ।

प्रतिवद्धताअनुसार सबै देशले अर्को वर्ष हुने जलवायू सम्मेलनमा नयाँ बाचा गर्नुपर्ने छ । सम्मेलनमा सहभागी कैयौं प्रतिनिधि र पर्यवरणवादी अभियानकर्मीहरुले सम्झौता विफल भएको प्रतिक्रिया दिएका छन् । युरोपेली युनियन तथा साना टापु राष्ट्रहरुले उत्सर्जन कटौतीका थप महत्वकांक्षी लक्ष्यको समर्थन गरेका थिए भने अमेरिका ब्राजिल, भारत र चीनसहितका देशले विरोध गरेका थिए ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले पनि मड्रिड सम्मेलनबाट प्राप्त परिणाम निराशाजनक भएको प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू