अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 22:13

उत्तर कोरियासंग वार्ता गर्न अमेरिकी प्रस्ताव

बिआरटीनेपाल २०७६ मंसिर ३० गते ८:२४ मा प्रकाशित

उत्तर कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफान बेइगनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गर्नुभएको छ । उहाँले सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा सो जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ ।

अमेरिकाको तर्फबाट आएको यो धेरै पछिको वार्ता प्रस्तावलाई विश्व समुदायले भने सकारात्मक रुपमा लिएको समाचारमा जनाइएको छ । सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजना गरिएको एक पत्रकार सम्मेलनका क्रममा सो जानकारी दिएको हो । सोमबार बिहान सोलमा उत्तर कोरिया र दक्षिण कोरियाका आणविक दूतहरुको संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

सो क्रममा उत्तर कोरियाली आणविक दूत लि डु हुन पनि संगै हुनुहुन्थ्यो । उहाँ दक्षिण कोरियाको तीन दिने औपचारिक भ्रमणका लागि आइतबार मात्र सोल पुग्नुभएको थियो । उत्तर कोरियाले ‘महत्वपूर्ण मिसाइल परीक्षण’ गरेको समाचार दुई दिनमात्र अघि सरकारी समाचार संस्था (केसीएनए) मार्फत शनिबार सार्वजनिक गरेको जनाएको थियो ।

उत्तर कोरियाको यो जानकारी पछि लगत्तै अमेरिकी दूतका तर्फबाट वार्ताको प्रस्ताव आएको छ । यस समय अमेरिकाको औपचारिक वार्ता प्रस्ताव आउनुलाई अर्थपूर्ण रुपमा लिइएको समाचारमा जनाइएको छ । उत्तर कोरियाले एक हप्ताभन्दा कम समयमा दुई ओटा नै यस्ता आणविक परीक्षण गरेको बताएको छ । उत्तर कोरियाको सोहाएबाट नै यी परीक्षणहरु गरेको समाचारमा जनाइएको छ ।

अमेरिका र उत्तर कोरियाबीचको परमाणु वार्ता अहिले रोकिएको छ र परीक्षण उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत तीन दिन लामो भ्रमणमा सोल आउनुभन्दा ठीक दुई दिन पहिले भएको हो । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच गत अक्टोबर महिनामा स्टकहोममा पनि उच्चस्तरीय वार्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू