अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 17:56

अमेरिकामा नेपालकी किशोरी टेनिस खेलाडी शर्भानी श्रेष्ठलाई २ वटा रजत पदक, कूल ४ वटा पदक

विजय थापा २०७६ मंसिर २९ गते ८:४६ मा प्रकाशित

डिसी । नेपाल काठमाडौँ सोह्र खुट्टे घर भएकी किशोरी टेनिस खेलाडी शर्भानी श्रेष्ठलाई अमेरिकामा ४ वटा पदक प्राप्त भएको छ । १४ वर्ष मुनिको प्रतियोगितामा श्रेष्ठले अमेरिकाको फ्लोरिडा राज्यमा सञ्चालन भएको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा चार वटा पदक जित्न सफल भएकी छिन् ।

लिटल मो इन्टरनेसनल टेनिस नामक प्रतियोगिताको लागि उनी टेनिस खेल्न नेपालबाट अमेरिका आएकी हुन् । सन् १९५० मा ४ वटा एकल ग्रान्ड स्लाम (प्रसिद्ध खेल ) जित्ने पहिलो अमेरिकन खेलाडी मौरिन क्याथरिन कोनोल्ली ब्रिङ्कर जसलाई लिटल मो भनेर चिनिन्थ्यो उनैको नाममा स्थापित लिटल मो इन्टरनेसनलले आयोजना गरेको कार्यक्रम खेल्न शर्भानी अमेरिकाको फ्लोरिडा आएकी हुन् ।

१३ औ वार्षिक लिटल मो इन्टरनेसनल टेनिस प्रतियोगिता फ्लोरिडाको पाम बिच उद्यानमा खेल सम्पन्न भएको छ भने गत डिसेम्बर ६ देखि ११ सम्म प्रतियोगिता सञ्चालन भएको थियो ।

शर्भानीले आफ्ना उमेरका अन्तर्राष्ट्रिय किशोर/किशोरीहरूसँग प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । उनलाई आयोजकले मुक्त कण्ठले प्रशंसा गर्दै पहिलो पटक नेपालबाट टेनिस खेल्न आएकोमा हर्ष व्यक्त गर्दै बधाई दिएका छन् ।

शर्भानीले १४ वर्ष मुनिका गर्ल्स डबल (जोडी)मा फाइनल र मिक्स्ड डबल(मिश्रित जोडी )खेलमा दोस्रो स्थान (रजत पदक ) हासिल गर्न सफल भएकी छिन् । यसै गरी १४ वर्ष मुनिको एकल टेनिस प्रतियोगितामा उनलाई चौथो स्थान हासिल भएको छ ।

उक्त प्रतियोगितामा अन्तर्राष्ट्रियबाट आएका करिब ५ सय जना मध्ये उनको उत्कृष्ट खेललाई उच्च सम्मान गर्दै उनलाई समग्र खेलको लागि उच्च प्रतिष्ठित पुरस्कार कृपा (काईण्डनेस ) पुरस्कार प्रदान गरिएको छ ।

यसरी यो लगायत ४ वटा पदक जित्ने शर्भानी पहिलो टेनिस खेल्ने नेपाली किशोरी भएकी छिन् । उनकी आमा योगिता प्रधान श्रेष्ठका अनुसार शर्भानीले १० वर्षको उमेर देखि नै टेनिस खेल्न सुरु गरेको बताइन । १४ वर्ष मुनिको उमेरको खेलाडीमा नेपाल भित्र आयोजना हुने खेलमा सक्रिय रूपमा सहभागी हुने गर्छिन भने शर्भानीले नेपालमा भएको विभिन्न प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छिन् ।

उनलाई यस खेलमा तालिम दिलाउन शर्भानीका मातापिता अन्य देशमा उनलाई लाने गर्छन् । चीन, भारत लगायत यस पटक अमेरिकामा टेनिस खेल्न अमेरिका मातापिताको साथमा फ्लोरिडा आएका हुन् ।

शर्भानीले गत वर्ष सन् २०१८ मा सम्पन्न पोखरा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेकी थिइन् । उक्त प्रतियोगितामा शर्मानीले भारतकी प्रियांसी चौहानलाई पराजित गरेकी थिइन् । यसै गरी नेपालमा सम्पन्न एटिएफले आयोजना गरेको प्रतियोगिता पनि उनी प्रथम भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय