अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७
| Colorodo: 15:42
१३ औँ सागमा नेपालले आफ्नो स्वर्ण संख्या ५१ पुर्याएको छ । सागको अन्तिम दिन मंगलवार सम्पन्न पुरुष फुटबलको फाईनलमा भुटानलाई २- १ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको हो ।
नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १/१ गोलको योगदान गरे । खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
त्यसपछि भुटानका कप्तान चेन्चो ग्यालसेनले ३६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । फेरि नेपालका तर्फबाट ५३औँ मिनेटमा सुनिलले अर्को थपेपछि नेपाल जितको अवस्थामा पुगेको थियो ।
जितसँगै नेपालले सागमा कुल ५१ वटा स्वर्ण जितेको छ ।