अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३५ | Colorodo: 12:50

साग– बक्सिङमा २० वर्षपछि नेपाललाई स्वर्ण

बिआरटीनेपाल २०७६ मंसिर २३ गते ७:१४ मा प्रकाशित

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत् बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्णपदक जितेको छ । सातदोबाटोमा सोमबार भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्णपदक दिलाएकी हुन् । उनले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जितेकी हुन् । यसअघि, नेपालले सन् १९९९ काठमाडौंमा भएको आठौं सागमा बक्सिङतर्फ दुईओटा स्वर्ण जितेको थियो ।

सन् १९९९ मा नेपालका लागि प्रकाश थापामगर र रामचन्द्र थापामगरले स्वर्ण जितेका थिए । त्यतिबेला नेपालले बक्सिङमा दुईसहित ३१ ओटा स्वर्णपदक जितेको थियो । त्यसैगरी, महिला ४८ केजी तौल समूहमा ललिता महर्जनले रजतपदक हात पारिन् । उनी भारतकी श्रीनिभासन कालाइभानीसँग पराजित भएपछि रजतपदक हात पारेकी हुन् । योसँगै १३ औं सागमा नेपालको स्वर्णपदक ४६ पुगेको छ ।

प्रतिक्रिया