अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०१
| Colorodo: 16:16
आयोजक नेपाललाई हराउदै भारतले १३ औ दक्षिण एसियाली महिला फुटबलमा स्वर्ण पदक हात पारेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २ –० ले पराजित गर्दे १३ औ साग महिला फुटबलमा स्वर्ण हात पारेको हो । भारतको जितमा स्ट्राइकर एनजि बाला देवीले दुवै गोल गरेकी थिईन ।
यसैबीच, साग महिला फुटबलको फाइनलमा भारतसँग २–० ले हार बेहोरेसँगै नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजिनामा दिनुभएको छ । साग सुरु हुनुभन्दा अघि भारतलाई हराएर इतिहास रच्ने दावी गर्नुभएका थापाले नेपाली महिला समुहले फाइनलमा फितलो प्रदर्शन गरेपछि ‘नैतिकता’का आधारमा राजिनामा दिएको बताउनुभयो ।
यस्तै, फुटबलर निरु थापाले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास घोषणा गर्नुभएको छ । सागको फाइनल खेल खेलेपछि उहाँले सन्यास घोषणा गर्नुभएको हो ।