अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०० | Colorodo: 16:15

१३ औं सागः आर्चरीमा बंगालदेशलाई १० वटा स्वर्ण, नेपाललाई एक रजत सहित ३ पदक

बिआरटीनेपाल २०७६ मंसिर २३ गते ७:०१ मा प्रकाशित

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ । १० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालाको आर्चरी खेल मैदानमा भएको खेलमा बंगलादेशले आर्चरी तर्फ एकल तथा टिम तर्फको इभेण्टमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।

सोमबार भएको रिकर्भ महिला तथा पुरुष तर्फ बंगलादेशले स्वर्ण पदक हात पार्न सफल भयो भने कम्पाउण्ड तर्फको महिला तथा पुरुष तर्फ पनि स्वर्ण पदक हात पार्न सफल भयो ।

१२ औं सागमा कास्य पदक मात्र हात पार्न सफल भएको नेपालले घरेलु मैदानमा भने रजत पदकसम्म हात पार्न सफल भयो । नेपाल सहित ४ देश सहभागि भएको खेलमा अन्तिम समयमा पाकिस्तान सहभागि नभएको हो ।

????????????????????????????????????

प्रतिक्रिया
लोकप्रिय