अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 05:41

सीमा विवादबारे कुरा गर्न माधवकुमार नेपाल भारत जाने

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ३:३३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल भारत जानुहुने भएको छ । सीमा विवादका विषयमा कुरा गर्न नेता नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष दूत भएर भारत जान लाग्नुभएको हो । बुधबार बसेको नेपाल सचिवालय बैठकले नेता नेपाललाई प्रधानमन्त्रीको विशेष दूतका रूपमा भारत पठाउने प्रधानमन्त्रीको प्रस्तावमाथि छलफल गरेको छ ।

भारतले जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपालका भू–भागहरू समटेपछि उत्पन्न भएको परिस्थितिका बारेमा भारतको राजनीतिक नेतृत्वसँग सिधा छलफल गर्न नेता नेपाललाई भारत पठाउने प्रस्ताव प्रधानमन्त्री ओलीले गर्नुभएको थियो । बैठकमा आफू उपस्थित नभएपनि आफ्नो प्रस्तावका बारेमा छलफल गरेर निर्णय लिन प्रधानमन्त्रीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको बसझिएको छ ।

बुधवार बिहान अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको उक्त प्रस्तावमाथि छलफल भएको हो । बैठकमा अध्यक्ष प्रचण्डको तत्काल चीन जाने योजनाका बारेमा पनि छलफल भएको थियो । नेताहरुले प्रधानमन्त्रीको स्वास्थ्य र बदलिँदो राजनीतिक परिस्थितिका कारण अध्यक्ष प्रचण्डलाई तत्काल चीन जाने विषयमा पुनर्विचार गर्न आग्रह गरेका थिए । प्रचण्डले यसअघि नै चीन भ्रमण रद्ध गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू