अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 13:55

साग भलिबल आजदेखि शुरु, महिला भलिबलमा बंगलादेशविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, नेपाललाई तीन अंक

बिआरटीनेपाल २०७६ मंसिर ११ गते ७:०२ मा प्रकाशित

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको पहिलो खेलमा नेपाल विजयी भएको छ। त्रिपुरेश्वर स्थित राखेपको कवर्डहलमा भएको खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको हो। तीनै सेट जितेको नेपालले तीन अंक प्राप्त गरेको छ ।

पहिले र दोस्रो २५–९ ले विजयी भएको नेपाल अन्तिम सेटमा २१–१ ले विजयी भएको हो । पहिलो सेटमा सरस्वती चौधरीले सर्वाधिक ५ पोइन्ट, प्रतिभा मालिले ४ पोइन्ट र रेस्मा भण्डारीले ३ पोइन्ट जोड्न सफल हुनुभयो । त्यस्तै दोस्रो सेटमा प्रतिभाले ६, सरस्वतीले ४, हीरा केसीले ३, ऊषा भण्डारीले ३ पोइन्ट जोड्नुभयो । खेलमा नेपालकी १६ बर्षीया ऊषा भण्डारीले राष्ट्रिय महिला भलिबल टिममा डेब्यु समेत गर्नुभयो ।

औपचारिक रुपमा खेल उद्घाटन हुन पाँच दिन बाँकी भएपनि प्रतिस्पर्धा आजैबाट सुरुवात भएको हो। अर्को खेल नेपालले भारतसंग आगामी शुक्रबार प्रतिस्पर्धा गर्ने छ । नेपाली महिला टोली सागमा स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ।

 

 

प्रतिक्रिया
लोकप्रिय