अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३०
| Colorodo: 13:45
बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्न सफल नेपाली टोलीका खेलाडीहरु सम्मानित भएका छन् । अर्थमन्त्री युवराज खतिवडाले आज राजधानीमा आयोजित एक विशेष समारोहमा खेलाडीहरुलाई जनही तीन लाख रुपैंयाको नगद पुरस्कारसहित सम्मान गर्नुभयो ।
प्रतियोगिता अवधिभर एउटा पनि सेट नगुमाएको नेपालले फाईनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै ऐतिहासिक उपाधि हात पारेको थियो । १३ औं सागको औपचारिक उद्घाटन आगामि आईतवार मात्रै भएपनि भलिबल खेलहरु यही बुधवारदेखि सुरु हुँदैछन् । महिला तथा पुरुष दुबै विधाका खेलहरु दशरथ रंगशालास्थित कभर्ड हलमा हुनेछ । सागको भलिबलमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंका सहभागि छन् ।