अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 17:23

अमेरिका माथि आक्रमण गर्ने इरानी नेताको चेतावनी

बिआरटीनेपाल २०७६ मंसिर १० गते २:३७ मा प्रकाशित

इरानले आफ्नो देशमा अमेरिका, बेलायत, इजरायल र साउदी अरेबियाले अशान्ति मच्चाउन खोजेको आरोप लगाएको छ । सरकारको समर्थमान राजधानी तेहरानमा निकालिएको र्यालीलाई सम्बोधन गर्दै एक नेताले गत हप्ता इन्धनको मूल्य वृद्धिपछि भएको आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका छन् ।

उनले आन्दोलनका क्रममा भएको हिंसाको पनि बिरोध गरेका छन् । आफूहरुको धैयर्तालाई कमजोर ठाने अमेरिकामाथि आक्रमण गर्नेसमेत इरानले चेतावनी दिएको छ । तेहरानमा हजारौं प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै जनरल हासेन सलामीले अमेरिका, बेलायत, इजरायल र साउदी अरेबियाका कारण इरानमा अशान्ति मच्चिएको आरोप लगाएका हुन् ।

उनले ती देशकै कारण सयौं सुरक्षाकर्मी मारिएको समेत टिप्पणी गरे । गत वर्षको मेमा तेहरान र वासिङ्टनबीच सम्बन्ध बिग्रिएसँगै अमेरिकाले इरानमाथि आणविक प्रतिवन्ध लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू