एजेन्सी । सन् २०२० को ग्राम्मी अवार्डमा लागि नेपाली बाँसुरी वादक मनोज सिंह मनोनयनमा परेका छन् ।
रक ब्याण्ड १९७४ ए डी का बाँसुरी वादक रहिसकेका सिंहले देव एल्बममा दिएको बाँसुरीको धुन ग्राम्मी अवार्डका लागि मनोनयनमा परेको हो । उक्त धुन कन्टेम्पोरेरी इन्स्ट्रुमेन्टल म्युजिकमा बेस्ट न्यु एज एल्बम विधाका लागि छानिएको हो । उक्त धुन देव प्रेमलको देव एल्बममा छ ।
सिंह ग्राम्मी अवार्ड जस्तो विश्व चर्चित संगीतिक अवार्डको मनोनयनमा पर्ने पहिलो नेपाली बनेका छन् । देव प्रमेल र उनको जीवनसाथी मितेन शरीर, मन र आत्माका लागि गहिरो सङ्गीतका लागि चिनिन्छन् । उनीहरूको सङ्गीत ध्यानका लागि चर्चित छ । हाल सान फ्रान्सिस्कोमा बस्ने मनोज सिंहले १९७४ ए डीको चर्चित गीत पिँजडाको सुगा र सम्झी बस्छुमा बाँसुरीको धुन दिएका छन् ।
बिआरटी नेपालले २०१३ मा लिएको उनको अन्तर्वार्ता भिडियो