अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 03:37

नेपालका २१ प्रतिशत बालबालिका अझैपनि खोपको पहुँच बाहिर

बिआरटीनेपाल २०७६ कार्तिक २७ गते ७:३१ मा प्रकाशित

परिवार कल्याण महाशाखाले २१ प्रतिशत बालबालिका अझैपनि खोपको पहुँचभन्दा बाहिर रहेको जनाएको छ । विश्व निमोनिया दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा हालसम्म ५८ ओटा जिल्लामात्र पूर्णखोप जिल्ला घोषणा भएको जनाइएको हो ।

कार्यक्रममा पाँच वर्षभन्दामुनिका १६ प्रतिशत बालबालिकाको मृत्यु निमोनियाबाट हुने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो । परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. झलकप्रसाद शर्माले पोषण र खोपका लागिमात्र सरकारले यो वर्ष चार अर्ब रुपैयाँ विनियोजन गरेको तर सोचेअनुरुपको प्रतिफल प्राप्त गर्न भने नसकिएको बताउनुभयो ।

यस्तै, विश्व स्वास्थ्य संगठनले पाँच वर्षमुनिका ३० लाख बालबालिकामध्ये १७ लाख बालबालिकामा श्वासप्रश्वास समस्या हुने गरेको जनाएको छ । सन् २०१८ मा विश्वका ८ लाख बालबालिकाको मृत्यु निमोनियाबाट भएको र उपयुक्त कदम नचाले सन् २०३० सम्ममा निमोनियाबाट एक करोड १० लाख बालबालिकाको मृत्यु हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू