अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३
| Colorodo: 15:18
अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोटमा परी कम्तीमा ७ जनाको ज्यान गएको छ । बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा अन्य ७ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीका अनुसार शक्तिशाली विस्फोबाटट नजिकै रहेका भवनहरू, केही पसल र सवारी–साधनमा क्षति पुगेको छ । गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीपलाई लक्षित गरी आत्मघाती कारबम बिस्फोट गराईएको अधिकारीहरुले जनाएका छन् ।
बम विस्फोट गरिएको सो इलाकालाई सुरक्षाफौजले घेरा हालेर खोजतलास शुरु गरेको छ । आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मा लिएको छैन ।