अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५४
| Colorodo: 07:09
कुवेतमा एक नेपालीको उपचारका क्रममा निधन भएको छ । राहदानी नम्बर ११०३६३९० भएका घोराही उपमहानगरपालिका –२, सुकेडाँगीका ३६ वर्षीय जबिन्द्र परियारको शनिबार राति निधन भएको हो । जबिन्द्र रेष्टुरेन्टमा कुकको कामका लागि कुवेत गएका थिए । कुवेत गएको ४३ दिनमै उनको निधन भएको मृतकका भाइ शैलेन्द्र परियारले जानकारी दिनुभयो ।
अक्टोबर २ तारिखका दिन एक्कासी टाउको दुख्ने र धेरै ज्वरो आउने भएपछि उनलाई तत्काल फर्वानियाको सिफा अल जाजिरा अस्पताल पुर्याईएको थियो । जबिन्द्रलाई एकदमै कम मान्छेमा हुने ‘ब्रेन टीबी’ भएको र त्यसैको कारण ज्यान गएको अस्पतालले जनाएको छ ।
मृतक परियारका बारेमा दूतावासमा जानकारी भइसकेको बताइएको छ । सम्बन्धित निकायसँग समन्वय गरेर शव चाडै नेपाल पठाउन पहल गर्ने नेपाली राजदूतावास कुवेतकी द्वितीय सचिव जानकी ओझाले बताउनुभयो ।