अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 19:37

न्युयोर्कमा प्रा. डा. लुइटेल सम्मानित

बिआरटीनेपाल २०७६ कार्तिक २४ गते ७:५९ मा प्रकाशित

अमेरिकाको न्युयोर्कमा प्रा डा खगेन्द्रप्रसाद लुइटेल सम्मानित भएका छन् । अनेसास न्यु योर्क च्याप्टर र जयतु संस्कृतम् नेपालको संयुक्त आयोजनामा गत शुक्रवार थकाली किचेनमा आयोजित कार्यक्रममा उहाँलाई सम्मान गरेको हो । वरिष्ठ समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलको विशेष अतिथि र लेखक तथा नेपाली साहित्यका वरिष्ठ समालोचक लीला लुइटेलले नेपाली भाषा र साहित्यमा पुर्‍याएको योगदानको लागि सम्मान गरिएको हो ।

डा लुइटेल अनेसास बोर्ड अफ ट्रस्टीको अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार ग्रहण गर्न अमेरिका आउनु भएको अवसर पारेर उहाँ र उहाँकी धर्म पत्नी नेपाली साहित्यकी वरिष्ठ समालोचक लीला लुइटेललाई सम्मान गरिएको छ ।

कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राईको प्रमुख आतिथ्य, पूर्व मन्त्री एवं नेका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी तथा महावाणिज्यदूत पुष्पराज भट्टराईको विशेष आतिथ्यमा सञ्चालन भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि राईले डा लुइटेलको नेपाली भाषा साहित्यमा विशिष्ट योगदान रहेको बताउँदै यस्तो स्पष्ट वक्ता अमेरिका आएर पहिलो पटक देखेको बताए । न्यु योर्क च्याप्टरकी नव निर्वाचित अध्यक्ष सकुन् ज्ञवालीले संसारका सम्पूर्ण ठाउँमा पुगेर नेपाली भाषा साहित्यको अन्तरराष्ट्रियकरण र मानकिकरणमा डा लुइटेलको योगदान अद्वितीय रहेको र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई संसार भरी चिनाउन वहाँको योगदान विशिष्ट रहेको बताइन । पूर्व मन्त्री एवं नेका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी तथा महावाणिज्यदूत पुष्पराज भट्टराईले पनि नेपाली भाषा साहित्यको विकासमा डा लुइटेलको योगदानको प्रशंसा गरेका थिए ।

पिपलमणि सिग्देलले सञ्चालन गरेको र बिष्णुप्रशाद सापकोटाको सभापतित्व रहेको उक्त कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्री, डा. गोविन्द कोइराला, डा. मधुकर श्रेष्ठ, कमला प्रसाइ लगायतले नेपाली भाषा साहित्यमा डा लुइटेलको योगदान बारे प्रकाश परेका थिए ।

पिपलमणि सिग्देल संयोजक रहेको संस्था विश्व अध्यात्म केन्द्रले जयतु संस्कृतम् नेपालका अध्यक्ष डा. बद्री पोख्रेलद्वारा नेपालीमा अनुवादित मार्कण्डेय पुराण, अग्नि पुराण र वामन पुराणको लोकार्पण गरिएको थियो । उक्त कार्यक्रममा साहित्यकार किसन सिंह धामीको बिशेष सक्रियता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू