अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२० | Colorodo: 00:35

हङकङका कार्यकारी प्रमुखप्रति पूर्ण विश्वास छ–राष्ट्रपति सी

बिआरटीनेपाल २०७६ कार्तिक १९ गते ८:०८ मा प्रकाशित

चीनका राष्ट्रपति सी जिनपिङले हङकङमा जारी लोकतान्त्रिक आन्दोलनका क्रममा जनस्तरबाट आलोचनाकी पात्र बनिरहेकी कार्यकारी प्रमुख केरी लामप्रति आफ्नो पूर्ण विश्वास र समर्थन रहेको बताउनुभएको छ । बेइजिङ्गले लामलाई हटाउने तयारी गरिरहेको पश्चिमा मिडियामा चर्चा भइरहेका बेलामा संघाईमा आयोजित एक कार्यक्रमका क्रममा राष्ट्रपति सीले लामलाई सो कुरा बताउनुभएको हो ।

लाम सेकेण्ड चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पोका क्रममा अहिले संघाइ जानुभएको छ । सो अवसरमा लामले हङकङको पछिल्लो अवस्थाका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो । भेटका क्रममा राष्ट्रपति सीले हिंसाको अन्त्य गरी अमन चयन पुनर्वहाली गर्नु अहिलेको लागि हङकङको महत्वपूर्ण कार्य भएको बताउनुभयो । सीले समाजका सबैपक्षसँग संवाद गरी जनताको जीवनस्तर सुधारमा पनि प्रभावकारी ध्यान दिनुपर्ने पनि बताउनुभयो । हङकङका सबै नागरिकले ‘एक देश, दुई प्रणाली’ नीति कार्यान्वयन गर्नका लागि मद्धत गर्ने विश्वास समेत सो अवसरमा सीले व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू