अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७ | Colorodo: 00:32

इराकमा सरकार विरोधी प्रदर्शन, प्रहरीले गोली चलायो

बिआरटीनेपाल २०७६ कार्तिक १९ गते ७:२३ मा प्रकाशित

इराकमा सरकार विरोधी प्रदर्शन बढ्दै गएपछि सुरक्षाकर्मीले बल प्रयोग गर्न थालेका छन् । राजधानी बगदादमा भएको बिरोध प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा धेरै घाइते भएको बताइएको छ । प्रदर्शनकारीहरुका अनुसार सुरक्षाकर्मीले टाउको र शरीरका विभिन्न भागमा ताकेर गोली प्रहार गर्दा पाँच जनाको मृत्यु भएको र ३० जना भन्दा बढी घाइते भएका छन् ।

आन्दोलन हिंस्रक बन्न थालेपछि सुरक्षाकर्मीले गोली प्रहार गरेको प्रत्यक्षदर्शीलाई उध्रित गर्दै अलजजिरा टेलिभिजनले जनाएको छ । प्रदर्शनकारीहरुले राजनीतिक प्रणालीको दुरुपयोग रोक्न माग गर्दै आन्दोलन थालेका हुन् । इराकका प्रधानमन्त्री अडेल अब्दुल महदीका प्रवक्ताले आन्दोलनकारीका दावीमा सत्यता नभएको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री कार्यालय नजिकै भएको प्रदर्शनमा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पछिल्ला दिनहरुमा सरकार विरोधी प्रदर्शनहरु बढ्दै गएपनि इराक सरकारले समस्या समाधानका लागि कुनै पहल नगरेको सर्वसाधारणको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू