अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२० | Colorodo: 19:35

मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

बिआरटीनेपाल २०७६ कार्तिक १८ गते ११:४२ मा प्रकाशित

चितवन: क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न भएको मिस्टर एण्ड मिस स्टार चितवन–२०१९ को उपाधि भावना पाण्डे र श्रवण श्रेष्ठले जित्न सफल भएका छन् । त्यसै गरी युवती तर्फ रुपा केसी फर्स्ट रनर अप, नबिना अधिकारी सेकेन्ड रनर अप र पुरुष तर्फ मनोज तामाङ फर्स्ट रनर अप, किरण दनुवार सेकेन्ड रनर अप भएका छन् ।

भरतपुरको पानोरोमा गार्डेन रिर्सोटमा शनिवार भएको ग्राण्ड फिनालेमा विजेताहरूले रु. ३०,००० नगदसहित अन्य गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका थिए त्यस्तै उपाधि विजेताहरूले म्युजिक भिडियोमा अभिनयको अवसर पाउने प्रतियोगिताकी अध्यक्ष सरिता आचार्यले जानकारी दिइन् । क्रियटिभ इन्साइट मिडिया प्रालिले १ महिना अघि प्रतियोगिता सुरु गरेको थियो ।

प्रतियोगिता अवधिभर उत्कृष्ट कला, कौशल प्रदान गर्ने १० जनाले ग्राण्ड फिनालेमा प्रवेश पाएको इभेन्ट म्यानेजर विकास सापकोटाले बताए । प्रतियोगितामा अर्गनाइजर च्वाइस, पब्लिक च्वाइस, वेष्ट ड्रेस, भरतपुरकी सविना गुरुङले जितेकी छिन् ।

प्रतियोगिताको निर्णायकहरु संचारकर्मी, कलाकार, निर्देशक सूर्य चन्द, मोडल, नायिका अनिता गिरी, गायक विश्वराम कार्की रहेका थिए । मिस्टर एण्ड मिस स्टार चितवन–२०१९को प्रमुख अतिथिमा भरतपुर महानगरपालिका उपमेयर पार्वती शाह ठकुरी तथा विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिकराम पौडेल, समाजसेवी तथा युवा व्यवसायी राजु बन्जाडे रहेका थिए । उक्त प्रतियोगितालाई कोरियोग्राफी अस्मिता नेपालीले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन मोडल निर्देशक तथा भिजे प्रहिल कार्कीले गरेका थिए । कार्यक्रममा हास्य कलाकार तथा जादुगर नमराज पराजुलीको प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू