अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२
| Colorodo: 22:37
पाकिस्तानमा जारी सरकार विरोधी प्रदर्शनमा आन्दोलनकारीले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेका छन् । ‘कथित चुनाव’ र आर्थिक संकटको विरोध गर्दै प्रदर्शनकारीले उनको राजीनामा माग गरेका हुन् । हजारौँ मानिस सरकार विरोधी प्रदर्शनमा सहभागी भएका छन् ।
आन्दोलनको नेतृत्व दक्षिणपन्थी धार्मिक नेता तथा विपक्षी दल इस्लाम फज्लका नेता फज्ल उर रेहमानले गरेका छन् । प्रदर्शनकारहिरुले कराँचीबाट पाँचदिने मार्च गरेका छन् । पाँचौँ दिनमा उनीहरु इस्लामाबाद पुगेका थिए । वर्तमान सरकारले देशको आर्थिक अवस्था ध्वस्त पारेको विपक्षीको आरोप छ ।