अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 22:13

दोहोरो नागरिकता दिने नर्वेको निर्णय

बिआरटीनेपाल २०७६ कार्तिक १५ गते २२:५२ मा प्रकाशित

यूरोपेली मुलुक नर्वेले दोहोरो नागरिकतालाई वैधानिकता प्रदान गरेको छ । मन्त्रीपरिषद बैठकले सन् २०२० को जनवरीबाटै दोहोरो नागरिकता सम्बन्धि ऐन लागू गर्ने निर्णय गरेको हो । यो ऐन लागू भएपछि विदेशी मुलको नागरिकता लिएका नर्वेका गैरआवासीय नागरिकले समेत आफ्नो मुलुकको नागरिकता उत्तिकै सुविधासहित राख्न पाउनेछन् ।

यसअघि नर्वेमा पनि विदेशी मुलको नागरिकता लिएपछि आफ्नो वास्तविक नागरिकता त्याग्नुपर्ने प्रावधान थियो । गत वर्ष सरकारले अघि सारेको सो प्रस्तावलाई संसदले सो विधेयक पारित गरिसकेको भएपनि शुक्रबार मात्रै यस सम्बन्धि निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू