अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१९ | Colorodo: 22:34

यौन दुराचारको आरोपमा इन्डोनेसियमा एक धर्म गुरुलाई २८ कोर्रा लगाइयो

बिआरटीनेपाल २०७६ कार्तिक १५ गते २२:५१ मा प्रकाशित

इन्डोनेसियामा विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राखेको भन्दै एक जना धर्म गुरुलाई दण्डस्वरुप सार्वजनिक स्थानमा २८ कोर्रा लगाइएको छ । व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने पुरुषले नै महिलासँग गैरकानुनी सम्बन्ध राखेको आरोपमा सार्वजनिक स्थानमै कोर्रा हानिएको बीबीसीले जनाएको छ ।

घटनामा संलग्न महिलालाई पनि २३ कोर्रा हानिएको समाचारमा जनाइएको छ । इन्डोनेसियाको आचे क्षेत्रमा इस्लामिक शरिया कानुन अनुसार उनीहरुमाथि कारवाही गरिएको अधिकारीहरुले जनाएका छन् । समलिंगी सम्बन्ध र जवा खेल्नु पनि आचे कानुनविरुद्ध हुने हुने भन्दै सार्वजनिक स्थानमा कोर्रा लगाउने चलन रहेको आचे बेसार क्षेत्रमा उपप्रमुख हासेनीले जानकारी दिएका छन् ।

पर्यटकीय क्षेत्रमा यौन गतिविधिमा संलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । ४६ वर्षीय धर्म गुरु सन् २००५ मा शरिया कानुन लागू भएपछि व्यभिचारमा सजाय पाउने पहिलो धार्मिक गुरु रहेको बताइएको छ । आचेमा काउन्सिलले स्थानीय सरकार र संसदलाई शरिया कानुन बनाउन र लागू गर्न सहयोग गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू