अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४४
| Colorodo: 17:59
अमेरिका, अमेरिकी डीपामेन्ट अफ होमल्याण्ड सेक्रेटरीले नेपालीको टेम्पमेरेरि प्रोटेक्सन स्टेटस अर्थात् अमेरिकामा अस्थायी बसोबासको अवधिलाई सन २०२१ को जनवरी ४ सम्मको निम्ति बढाएको छ ।
होमल्याण्ड सेक्रेटरीले गत हप्ता मात्र इल साल्भाडोरको टिपिएस् अवधि बढाए पनि नेपालीको हकमा भने पर्ख र हेरको अवस्थामा रहेको थियो । अवधिलाई वढाएसगै टिपिएस् प्राप्त नेपालीको निम्ति एक वर्षसम्म भने अमेरिकामै वसेर आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नेछ ।
यस अघि टिपिस् अवधि बढाउनको निम्ति क्यालिफोर्निया स्थित यूएस डिस्ट्रिक्ट कोर्टमा नेपाल लगायत, सँलभाडो, ग्वाटेमाला लगायतका देशको तर्फबाट मुद्दा दायर गरेका थिए । सन २०१५ मा गएको विनाशकारी भूकम्पको कारण अमेरिकी सरकारले अमेरिकामा अवैधानिकरुपमा रहेका नेपाली र विद्यार्थीहरुलाई टिपिएस् प्रदान गरेका थिए । दूरबिन नेपाल
फायल फोटो