अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२६ | Colorodo: 09:41

म्याग्दीका निर्मल पुर्जाद्धारा हिमाल आरोहणमा ‘विश्व रेकर्ड’ कायम

बिआरटीनेपाल २०७६ कार्तिक १३ गते ७:२२ मा प्रकाशित

म्याग्दीका निर्मल पुर्जाले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गर्नुभएको छ । सोमबार चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेसँगै पुर्जा सातमहिनामा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही बन्न सफल हुनुभएको हो ।

उहाँले सोमबार विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गर्नुभएको थियो । चिनियाँ सरकारले सन् २०१९ सम्मलाई सिसापाङ्मा हिमाल आरोहण रोकेपनि विश्व रेकर्डका लागि गरिएको अनुरोधलाई स्वीकार गदैं पुर्जालाई विषेश अनुमति दिएको थियो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पूर्जाले गत वैशाख १० गते अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट आरोहण सुरू गर्नुभएको थियो ।

पुर्जाले विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु, च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रोको आरोहण गर्नुभएको छ । आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछन्। त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछन् । हालसम्म विश्वमा कुनैपनि आरोहीले छोटो समयमा दुई दर्जन हिमालको आरोहण गरेको विश्वमा नै रेकर्ड नभएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू