अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२२ | Colorodo: 22:37

सोफी विल्मस बेल्जियमको प्रथम महिला प्रधानमन्त्री बन्न सफल

बिआरटीनेपाल २०७६ कार्तिक १० गते २२:०६ मा प्रकाशित

बेल्जियमकी अर्थ तथा बजेट मन्त्री सोफी विल्मस् त्यहाँको पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रच्न सफल हुनुभएको छ । नरम दक्षिणपन्थी धार बोकेको मुभ्मेन्ट रिफरम्याटर पार्टीकी नेत्री विल्मसलाई देशको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा चुनिनुभएको हो ।

अक्टुबर २०१४ देखि सोफी विल्म्सको एमआर पार्टी मिशेल सरकारको हिस्साको रूपमा गठबन्धनमा थियो । बेल्जियमका निवर्तमान प्रधानमन्त्री चार्ल्स मिशेललाई समर्थन गरेको थियो । अहिले पनि उनीहरुकै समर्थनमा सोफी प्रधानमन्त्री बनेको बताइन्छ । उहाँलाई ४४ बर्षका राजा फिलिपद्वारा आइतबार बिहान औपचारिक राजकीय समारोहबीच शपथ गराइएको छ ।

२०१८ को डिसेम्बरबाटै अघिल्लो सरकारले विश्वासको मत गुमाएपछि बेल्जियममा मिचेलको नेतृत्वको सरकार काम चलाउ भएको थियो । गत मेमा भएको संसदीय चुनावमा कसैको स्पष्ट बहुमत आउन नसकेपछि सरकार गठनमा जटिलता देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू