अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 22:57

क्यालिफोर्नियाको जंगलमा आगलागीः राज्यभर आपतकालीन अवस्था

बिआरटीनेपाल २०७६ कार्तिक १० गते २१:३७ मा प्रकाशित

जंगलमा लागेको आगो फैलिँदै गएपछि अमेरिकाको क्यालिफोर्नियाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । राज्यका गर्भनर गाविन न्युसमले राज्यमा आपतकालीन अवस्थाको घोषणा गर्नुभएको छ । तीव्र गतिमा हावा चलेका कारण आगो बिस्तार भएको छ । क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा रहेका एक लाख ८० हजार मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । आगलागीका कारण दशौँ हजार घर जोखिममा परेका छन् ।

आगलागीका कारण धेरै घरमा विद्युत आपूर्ति बन्द भएको छ । १० लाख भन्दा बढी मानिस अहिले विद्युत सेवाबाट वञ्चित भएका छन्। विद्युत सेवा प्रदायक कम्पनीहरुले बिजुलीका तारहरु आगोले थप नोक्सान नगरोस् भनेर सुरक्षात्मक प्रयास गरिरहेका छन् । थप १० लाख मानिस चाँडै नै विद्युत सेवाबाट वञ्चित हुने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू