अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९ | Colorodo: 22:14

म्यानमारको विद्रोही समूहद्वारा ४० सुरक्षाकर्मीको अपहरण

बिआरटीनेपाल २०७६ कार्तिक १० गते ६:४० मा प्रकाशित

म्यानमारको जातीय रखाइन विद्रोही समूहले देशको पश्चिमी क्षेत्रबाट ४० सुरक्षाकर्मीलाई अपहरण गरेका छन् । सरकारी सेनाले स्थानीय आराकन सैनिक विद्रोहीका गतिविधि नियन्त्रणका लागि हजारौँको संख्यामा सुरक्षाकर्मी खटाएको छ ।

उक्त समूहले रखाइन बुद्धमार्गीहरूको थप स्वतन्त्रताका लागि संघर्ष गरिरहेको छ । जातीय युद्ध लड्दै आएका विद्रोहीको समूहले काममा खटिएका प्रहरी तथा सैनिक अधिकारीहरूलाई अपहरण गरेकोे पुष्टि सैनिक प्रवक्ता जा मिनतुनले गर्नुभएको छ । उहाँले विद्रोहीले १० भन्दा बढी सेना र करिब ३० प्रहरीलाई अपहरण गरेको बताउनुभएको छ ।

अपहरणमा परेका सुरक्षाकर्मीको खोजीका लागि हेलिकोप्टर तथा स्थल अपरेसन तत्कालै गरेको भएपनि उनीहरूलाई अझै फिर्ता ल्याउन नसकिएको सैनिक प्रवक्ता मिनतुनले बताउनुभयो । यसबारे अराकन विद्रोहीसँग सम्पर्कका लागि प्रयास गरिएको भएपनि उनीहरू प्रतिक्रियाका लागि उपलब्ध हुनसकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू