अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७
| Colorodo: 15:42
रुसमा सम्पन्न आठौं एशिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा सहभागी नेपाली युवा वैज्ञानिकहरुले गोल्डसहित तीनपदक जितेका छन् । २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकहरुले पदक जितेका हुन् ।
नेपालको तर्फबाट सहभागी विभिन्न कलेजका ९ विधार्थीमध्ये साउथवेस्र्टन स्टेट कलेज बसुन्धराका विद्यार्थी स्वराजसागर प्रधानले गोल्ड मेडल जितेका छन् ।
प्रधानले २३ मुलुकका प्रतिष्पर्धीलाई जित्दै स्वर्ण पदक जितेका हुन् । प्रधानले युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाईस्पीड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस बिषयमा आफ्नो प्रस्तुती दिएका थिए ।