कोलोराडोकी जाप अधिकारीले क्याटवाकमा उपाधि हासिल
डिसी । भर्जिनियाकी सुरभी खनाल मिस नेपाल युएसए २०१९ की विजेता घोषित भएकी छिन् । गत अक्टोबर १२ शनिवारका दिन नेब्रास्काका सम्पन्न ७ औ मिस नेपाल युएसएको सातौँ संस्करणमा खनालले उक्त ताज प्राप्त गरेकी हुन् ।
नेब्रास्काको ओमाहा सहरको रेलेभेन्ट सेन्टरमा सम्पन्न समारोहमा उनले फोटोजेनिक तथा ब्युटी विथआउट लिमिट अवार्ड प्राप्त गरेकी छिन् ।
यसै गरी टेक्ससकी रिमा शर्मा प्रथम उपविजेता तथा सिकागोकी मेघा रौनियार द्वितीय उप विजेताको साथै मिस ट्यालेन्ट (प्रतिभा वान)को उपाधि हात पारेकी छन् । यसै गरी क्याटवाकमा कोलोराडोकी जाप अधिकारी तथा न्यु योर्क कि सज्जा रावतले मिस कनजेनिएल उपाधि हासिल गरेकी छिन् ।
उक्त कार्यक्रम नेब्रास्का नेपाली समाजले मिस नेपाल युएसएससंगको सहकार्यमा आयोजना गरेको हो । उक्त ७ औ मिस नेपालयुएसए २०१९ का प्रमुख अतिथि नेब्रास्काका गभर्नर रहेका थिए । प्रमुख अतिथिले स्वागत मन्तव्य राखेका थिए भने संस्थापक अमित शाहले धन्यवाद ज्ञापन गरेका थिए ।
२०१७ कि पूर्व नेपाल सुन्दरी नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकी थिइन् । कार्यक्रम पश्चात् इन्दिरा जोशी लगायत स्थानीयले कार्यक्रम प्रस्तुति गरेका थिए । यस पटकको मिस नेपाल युएसए २०१९ भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्न ज्यादा महत्त्व दिइएको छापा विज्ञप्तिमा जनाइएको छ ।
संस्थापक शाहले सबैलाई धन्यवाद दिएका छन् ।