अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 12:02

नियम संगत भए महाभियोगको सामना गर्न तयार छु – ट्रम्प

बिआरटीनेपाल २०७६ असोज २३ गते ९:१९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगकको सामना गर्न आफु तयार रहेको बताउनुभएको छ । ह्वाइट हाउसमा ट्रम्पले महाभियोग नियम संगत हुनुपर्ने बताउनुभयो । अमेरिकी कंग्रेसको तल्लो सदनको प्रवक्ता नेन्सी पेलोसीले ट्रम्पलाई महाअभियोग लगाउने बताउनुभएको थियो । पेलोसी डेमोक्रेट पार्टीको सांसद हुनुहुन्छ । डेमोक्रेटसद्धारा लगाइएको महाअभियोगको प्रस्तावलाई सहयोग गर्न तयार रहेको ट्रम्पले बताउनुभएको हो ।

डेमोक्रेटसले मलाई अधिकार दिन्छ भने महाभियोगको परीक्षामा सहभागी हुन कुनै अप्ठयारो हुनेछैन – ट्रम्पले भन्नुभयो ।

ह्वाईट हाउसले पत्रकार सम्मेलन गर्दै राष्ट्रपतिलाई हटाउनलाई यस्तो गरिरहेको बताएको थियो । नेन्सी पेलोसीले २४ सेप्टेम्बरमा ट्रम्प विरुद्ध महाभियोगको परीक्षण गर्ने बताउनुभएको थियो । ट्रम्प विरुद्ध युक्रेनको राष्ट्रपति जेलेंस्की, डेमोक्रेट नेता जो बिडेन र उहाँको छोरा बेटे हंटर विरुद्ध भ्रष्ट्राचार मामिलामा जाँच गर्न दबाब दिईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू