अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५६ | Colorodo: 15:11

ईन्जा साहसी पत्रकारिता पुरस्कार अजयवावु सिवाकोटीलाई प्रदान गरिने

बिआरटीनेपाल २०७६ असोज २२ गते ६:१८ मा प्रकाशित

वासिङ्टन डी.सी । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालबाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक अजयवावु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ।यो पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको छ।ईन्जा व्यवस्थापन समितिले नोभेम्बर १७,२०१९ का दिन अमेरिकाको राजधानी वासिङ्टन डिसीमा एक भव्य समारोह आयोजना गरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

हाम्रा कुरा डटकमले एक महिलामाथि यौन दुर्व्यवहार गर्ने निवर्तमान सभामुख कृष्ण बहादुर महराबारेको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो। नेपालमा सानालाई ऐन ठुलालाई चैन भन्ने मान्यता स्थापित हुँदै गएको समयमा सो समाचारले नेपालको मर्यादाक्रममा चौथो स्थानमा रहेका सभामुख महरालाई राजीनामा गर्न बाध्य मात्रैवनाएनकि हाल उनीलाई आवश्यक कानुनी कारवाहीकोलागि प्रहरीले हिरासतमा समेत लिइसकेकोछ।

नेपाली पत्रकारिताको इतिहासमा सत्य र तथ्यमा आधारित भएर यस्ता साहसी समाचारहरू विरलै प्रकाशित भएका छन्।ईन्जा यो साहसी पत्रकारिताको सम्मान गर्न चाहन्छ र यस्ता समाचारहरूले कानुनी राज्यको व्यवस्थापनमा थप बल पुर्‍याउनेछ भन्ने विश्वास राख्दछ।समाचार प्रकाशनसँगै सम्पादक सिवाकोटीको सुरक्षाप्रति गम्भीर चासो उत्पन्न भइरहेकोले ईन्जा उहाँको सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसँग आग्रह समेत गर्दछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू