अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 08:29

अरोरा नेपाली पाठशालाको पहिलो वनभोज कार्यक्रम सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७६ असोज १३ गते १०:४३ मा प्रकाशित

गत आइतबार कोलोराडो राज्यको अरोरा सहरको कम्युनिटी पार्कमा वनभोज कार्यक्रम सम्पन्न भएको छ । वनभोज कार्यक्रम अरोरा नेपाली पाठशालाको आयोजनामा सम्पन्न भएको थियो । वनभोजलाई थप रमाइलो तथा मनोरञ्जनात्मक बनाउन बाल बालिकाहरूलाई लक्षित गरी स्याक रेस, स्पून तथा मार्बल दौड, रिङ टस जस्ता खेल खेलाइएको थियो । प्रत्येक खेलका विजेतालाई पुरस्कार पनि प्रदान गरियो ।

स्याक रेसका विजयीहरूमा असना गेलाल, आर्यन बराल र अविरल सापकोटा हुन भने स्पून तथा मार्बल दौड विजयीहरूमा आरुशी खनाल, आसना गौतम, स्तुति सापकोटा हुन । त्यसै गरी रिङ टस विजयीमा उत्कर्ष सिग्देल, असना गेलाल र सन्देव बराल हुन । आयोजित वनभोजमा उक्त करिब ७० जना विद्यार्थी तथा अभिभावकहरूको सहभागिता थियो । बिहान ११.३० बजेदेखि सुरु भएको कार्यक्रम दिनको २:३० बजेसम्म निकै उल्लासमय वातावरणमा चलेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय