अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५१
| Colorodo: 00:06
अमेरिकामा बस्दै आएका लोकतान्त्रिक आस्थाका पक्षधरहरुले लोकतन्त्रका लागि सर्तकता अभियान सुरु गरेका छन् ।
नेपाल सरकारका पछिल्ला गतिविधिहरुले लोकतान्त्रिक परिपाटीलाई नै चुनौती दिएको तथा लोकतान्त्र जोखिममा परेको देखिएकाले आफूहरुले विभिन्न चरणको छलफलपछि लोकतन्त्रका लागि सतर्कता अभियान सुरु गरेको उनीहरुले जारी गरेको विज्ञप्तिमा दाबी गरिएको छ ।
नेपाली कांग्रेस निकट वा नेपाली कांग्रेसप्रति आफ्नो आस्था राख्नेहरुले सुरु गरेको अभियानको मुल उद्देश्य देशलाई वामपन्थिकरण हुनबाट रोक्नु रहेको विज्ञप्तिमा उल्लेख छ । यसका लागि नेपाली कांग्रेसलाई निरन्तर रुपमा सहयोग गर्ने र लगातार घचघच्याउने डा. सुनम पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।