अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 02:54

दसैँमा इटहरीमा नेपाल आइस प्रादेशिक सङ्गीत यात्रा

बिआरटीनेपाल २०७६ भदौ ३१ गते २२:४३ मा प्रकाशित

धरान, सात वटै प्रदेशको मुख्य सहरमा साङ्गीतिक कार्यक्रम आयोजना गर्ने तयारी अनुरूप प्रदेश न . १ को मुख्य सहर इटहरीमा दसैँको अवसर पारि आउँदो असोज ११ गते शनिवार नेपाल आइस प्रादेशिक सङ्गीत यात्रा – इटहरी आयोजना हुने भएको छ । गएको चैत्र ९ गते प्रदेश न .५ को बुटवलबाट नेपाल आइस प्रादेशिक सङ्गीत यात्राको सफल सुरुवात भएको थियो। इटहरीको जनता माविको मैदानमा हुने कार्यक्रम सङ्गीत यात्राको दोस्रो कार्यक्रम हो ।

नेपाली सङ्गीत क्षेत्रका नयाँ पुराना प्रतिभाहरूलाई सम्मिलित गराई आयोजना गरिने विशुद्ध साङ्गीतिक कार्यक्रमको प्रदेश न १ को इटहरीमा हुने कार्यक्रममा अहिलेको निक्कै नै चर्चित गायिका मेलिना राई विशेष आकर्षणको रूपमा रहेकी छिन् । कुटुमा कुटु, पिरतीको मिठो तिर्सना, कम्मर माथि पटुकी, तिमीले बाटो फेर्‍यो अरे, शिरैमा शिरबन्दी लगायतका असङ्ख्य सुपरहीट गीतकी गायिका मेलिना राई कन्सर्टमा पहिलो पल्ट इटहरीमा आउदैछिन् ।

त्यस्तै युट्युबमा निकै नै सक्रिय र मन पराइएको गायक छेवांग लामा पनि इटहरीमा पहिलो पल्ट आफ्नो प्रस्तुति दिन आउंदैछन् । उनको इसाराले बोलाउनु पर्दैन बोलको कभर गीतले करोड भ्युज पाएको छ भने लाहुरे, सररर लहै माया, तिम्रो मनमा, सम्झना तिम्रो, लभसँग बोलको आफ्नै गीत र कुसुमे रुमाल लगायतको कभरले लाखौँ भ्युज पाएको छ । अब भने आफ्नै गीतलाई बढी प्राथमिकता दिँदै नयाँ नयाँ गीत सङ्गीत श्रोतामाझ निकाल्दै जाने बताउने गायक छेवांग लामा अहिले युवा पुस्ता माझ निक्कै लोकप्रिय छन् ।

सम्झनाले, खबर जस्ता हिटगीतका गायक एपी शेर्पा सँगै प्रदेश न १ स्तरीय स्टेट वान सिङगिंग आइडलका टप १३ फाइनालिस्टको समेत नेपाल आइस प्रादेशिक सङ्गीत यात्रामा आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछन् । सात्त्विक कुकिज र बाइ-बाइ चाउचाउको सहभागितामा तथा नेपाल आइस बियरको मुख्य प्रयोजनमा सिल्भर इन्टरटेनमेन्टले कार्यक्रम आयोजना गर्दैछ । टिकट दर रु २०० राखिएको सङ्गीत यात्राको टिकट एउटा नेपाल आइसको खरिदमा तथा रु २०० बराबरको सात्त्विक कुकिजको खरिदमा सित्तैमा दिइने व्यवस्था गरिएको छ ।

प्रदेश न १ पछि प्रदेश न २ को मुख्य सहर जनकपुरमा आगामी छैठ पर्वको अवसरमा नेपालआईस प्रादेशिक सङ्गीत यात्रा आयोजना हुने र लगतै अन्य प्रदेशको मुख्य सहरहरूमा पनि कार्यक्रम आयोजना गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू