अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६
| Colorodo: 20:21
फ्रान्समा एक कामदारलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा साउदी राजकुमारीलाई त्यहाँको अदालतले जेलसजाय र ११ हजार डलर जरिवाना तोकेको छ । साउदी राजाकी छोरी हास्सा बिन्त सलमानले अंगरक्षकलाई लगाएर पेरिसस्थित अपार्टमेन्टमा एक प्लम्बरलाई कुटपिट गराएको भन्दै मुद्दा दायर भएको थियो । ती व्यक्तिले आफूलाई बाँधेर यातना दिइएको पनि आरोप लगाएका थिए । मुद्दापछि राजकुमारीलाई पक्राउ पुर्जी जारी गरिएको थियो ।
इजिप्टका ती नागरिकले आफूलाई घण्टौँसम्म थुनेर कुटपिट गराएको आरोप लगाएका थिए । २०१८ मार्चमा यस्तो घटना भएको भन्दै मुद्दा अदालतमा पुगेपछि राजकुमारी हास्सालाई पक्राउ पूर्जी जारी गरिएको हो । तर उनीमाथिको फैसला शर्त सहित तत्कालै लागु नहुने गरी गरिएको छ ।