अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 04:44

रनवे ड्रिम्स २०१९ का लागि ३० प्रतियोगी छनौट

बिआरटीनेपाल २०७६ भदौ १५ गते ९:१७ मा प्रकाशित

काठमाडौँ – प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरी उनीहरूको व्यावसायिक करियर निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले ‘ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ एण्ड फेसन’ आयोजक रहेको प्रतियोगिता ‘रनवे ड्रिम्स २०१९’का लागि ३० प्रतियोगी छनौट भएका छन् ।

शनिवार कुपन्डोलस्थित ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ एण्ड फेसनको कार्यालयमा आयोजित अडिसनमा एक सय बढी युवायुवतीले सहभागिता जनाएका थिए । जसमध्ये ३० जना छनौट हुन सफल भएको हुन् । 

दुर्गा बिसुराल (मिस हेरिटेज इन्टरनेशनल २०१९), अलिना शाक्य (मिसेस टपअफ दि वर्ड), ध्रुव बुढाथोकी म्यान हन्ट, पुनम श्रेष्ठ (सिनियस ब्युटिसियन) आशुतोष बन्जार (इन्जिनियर तथा मोडल) अडिसनमा निर्णायक रहेका थिए ।

रनवे ड्रिम्स एउटा पूर्ण मोडलिङ प्रतिस्पर्धा भएको ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ एण्ड फेसनकी सिइयो मञ्जु ढकालले बताइन् ।

प्रतियोगिताको अर्को अडिसन आगामी २४ आयोजना हुनेछ । दुवै अडिसनमा छानिएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा एक महिने प्रशिक्षण सहित उतारिनेछ । प्रशिक्षणका क्रममा प्रतियोगीले र्‍याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटो सेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङलगायत विषयमा दक्ष व्यक्तित्वहरूले प्रशिक्षण दिने ढकालको भनाई रहेको छ ।

प्रतियोगिताको दोस्रो अडिसनमा सहभागी जनाउन इच्छुक व्यक्तिले ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ एण्ड फेसन कुपन्डोलबाट आवेदन फर्म भर्न वा फोन नं ०१५५५२८६६, मोबाइल नं ९८६६३३१९४० सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका सहभागिताको मोडलिङ र फेसनका लागि नगद एक लाख बराबरको अध्याय सुविधा पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू