अपरिहार्य राहत कोष स्थापना हुने
सोल, हरेक माध्यमबाट राष्ट्र र राष्ट्रियताको साख उँचो बनाउन्न र नेपाली समाजमा घट्ने दुःखान्त घटना लगायत विभिन्न दैबिप्रकोपमा सहयोगका लागि हरदम तत्पर दक्षिण कोरियामा रहेका समस्त नेपाली समाजसेवी तथा राष्ट्रप्रेमी युवाहरूको विशेष पहलमा प्राचीन हान्गावी नामले परिचित दक्षिण कोरियाको सबैभन्दा ठुलो र कोरियाली किंवदन्ती अनुसार सबैभन्दा महत्त्वपूर्ण चार्ड छुसकको अवसरमा विशुद्ध सामाजिक अभियानमा रहेर “छुसक महा–धमाका २०१९” आयोजना गरिने भएको छ ।
दक्षिण कोरियामा लगभग पचासहजारको हाराहारीमा नेपाली रहेको र आपतबिपतको घडीमा कुनै मानवीय सहायताका लागि बिषेशत कुनै नेपाली समुदायले अभिभावकत्व निर्वाह गर्न नसकिरहेको तितो अहिलेको अवस्थामा जुनसुकै आपत्–बिपतको समयमा साथ सहयोग सहित राहत सहजरुपमा उपलब्ध गराउनका निमित्त “नेपालीका लागी हामी नेपाली नै” भन्ने मूलभूत नाराका साथ विशाल एंवम स्वच्छ राहत कोष स्थापना सहित हिमाल,पहाड,तराई सहित समग्र नेपालको कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्य सँगै आयोजना गरिने यस कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपति शर्मा,मञ्जु पौडेल,आधुनिक तथा पप गायक सुगम पोख्रेल,टिका प्रशाई,कमेडियन तथा क्यारिकेचर किङ्ग सुबोध गौतम, पब्लिक स्पिकर विजेता रमेश प्रशाई,बुगीवुगी विनर कविता नेपाली लगायत केही सहित कोरियामा नै रहेका स्थानीय कलाकारको बेजोड प्रस्तुति सेप्टेम्बर १३ तारिखका दिन सउल दोङदेमुन छोङो ओगाको २ नम्बर गेटमा रहने हुँदा कोरियामा रहेका नेपाली दाजुभाइ दिदी बहिनी लगायत सम्पूर्णलाई कार्यक्रममा उपस्थिति सहित सामाजिक अभियानमा हातेमालो सँगै सक्दो सहयोग पुरयाईदिन आयोजकले आह्वान गरेको छ ।
साथै भर्खर मात्र कार्यवाहक राजदूतको समेत जिम्मेवार सम्हाल्नेगरि आउनुभएका दक्षिण कोरियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख राम सिंह थापाले कार्यक्रम सफलताको शुभकामना सहित नेपालीका लागि अपरिहार्य यस अभियान सार्थक रहन कोरियामा रहेका सबै नेपाली एक ढिक्का रहनुपर्ने धारणा व्यक्त गरेका छन् ।