अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२८
| Colorodo: 11:43
अमेरिकाको न्यु ह्याम्सर राज्यको राजधानी कंकर्डमा पुनस्र्थापित दुई भुटानीको निधन भएको छ। स्थानीय कंकर्ड हाइटस्थित कंकर्ड गार्डन्समा बस्दै आएका पल ठटाल र उनकी श्रीमती लिला दर्जी शुक्रबार मृत अवस्थामा फेला परेका थिए।
स्थानीय अर्मन्ड स्ट्रिटको बिल्डिङ्ग १९ मा शुक्रबार बिहान ४ बजेतिर नै घटनाबारे थाहा पाइएको बताइएको छ । एक महिलाले पाको उमेरका एक जोडीको शव देखेकी थिइन्, दुवै अचेत र रगतपच्छे अवस्थामा रहेको बुझिएको छ । दुईमध्ये एउटा शव छेउमा चक्कु रहेको प्रहरीले जनाएको छ ।
छरछिमेकीले उनीहरू भुटानी भएको बताए पनि राज्यको महान्यायाधिवक्ताको कार्यालयले अनुसन्धान गरिरहेकाले औपचारिक रूपमा व्यक्तिको नामसमेत सार्वजनिक गरिएको छैन ।