अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 15:01

हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप

बिआरटीनेपाल २०७६ असार १६ गते ९:५४ मा प्रकाशित

बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको २२ औं वार्षिकोत्सव मनाइँदै गर्दा हङकङमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो ।

प्रदर्शनकारीहरूको एउटा सानो समूहले त्यहाँको विधायिकी परिषद्को भवनमासमेत जबर्जस्ती पस्ने प्रयास गरेको थियो । सोमबारको यो प्रदर्शनलाई एक महिनायता सुपुर्दगीसम्बन्धी विवादस्पद विधेयकको विरोधमा भएको प्रदर्शनकै शृंखलाकारुपमा हेरिएको छ ।

सरकारले विधेयक अनिश्चितकालका लागि स्थगित गरेको घोषणा गरेपनि प्रदर्शनकारीहरुले त्यसको खारेजी र प्रमुख कार्यकारी क्यारी लामले राजीनामा दिनुपर्ने माग गरेका छन् । प्रदर्शनकारीले नाली सफा गर्ने ठानिएको तरल पदार्थ छ्यापिदिएपछि १३ जना प्रहरी अस्पताल भर्ना भएका छन् ।

हिंसात्मक विरोध प्रदर्शनहरूका कारण वर्षगाँठका समारोह प्रभावित भएको छ । यसअघि, दशौँ हजार बेइजिङ समर्थक प्रदर्शनकारीहरू पनि प्रहरीको समर्थनमा सडकमा उत्रिएका थिए । सन् १९९७ यता हङकङ एक देश, दुई प्रणाली अन्तर्गत् रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू