अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७ | Colorodo: 14:52

प्रतिबन्ध लगाउने अमेरिकी कदम मूर्खतापूर्ण – इरान

बिआरटीनेपाल २०७६ असार ११ गते ९:३९ मा प्रकाशित

इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले धार्मिक नेता तथा अधिकारीलक्षित प्रतिबन्ध लगाउने अमेरिकी कदम मूर्खतापूर्ण रहेको बताउनुभएको छ । उहाँले अमेरिकाको पछिल्लो निर्णयले तेहरान र वासिङ्टनबीचको कूटनीतिक मार्ग स्थायी रुपमा बन्द भएको चेतावनी दिनुभयो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलगायतमाथि थप प्रतिबन्धको घोषणा गरेपछि इरानले उक्त प्रतिक्रिया दिएको हो । राष्ट्रपति ट्रम्पले खामेनीप्रति लक्षित नयाँ प्रतिबन्धहरु अमेरिकी ड्रोन खसाल्ने कदमको प्रत्युत्तर भएको दाबी गर्नुभएको छ । ट्रम्पले इरानी शासनको उत्तेजक व्यवहारको कारण खामेनी भएको जिकिर गर्नुभएको छ ।

अमेरिकी नयाँ प्रतिबन्ध खामेनी, केही धामिर्क नेता तथा सैनिक अधिकारीलक्षित छ । इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकी निर्णय निराशाजनक भएको जनाउँदै अमेरिकी राष्ट्रपति कार्यालय मानसिक रुपमा कमजोर रहेको दाबी गर्नुभएको छ । उहाँले सार्वोच्च नेता लक्षित नाकाबन्दीको कुनै अर्थ नरहेको भए पनि विदेश मन्त्रालयल लक्षित प्रतिबन्धले कूटनीतिक सम्बन्ध संधैका लागि अन्त्य गरिदिएको चेतावनी दिनुभयो ।

ओमानको खाडीमा गतसाता गरिएको तेल टयांकरलक्षित आक्रमण इरानले गराएको अमेरिकाको दाबी छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले दुबै पक्षलाई कूटनीतिक ढंगले तनाव अन्त्य गर्न आग्रह गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू