अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५७
| Colorodo: 17:12
कम्बोडियाको सिहानोक्भाइल शहरमा सात तले भवन भत्किदा ७ जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । चिनियाँ कम्पनीले निर्माणको ठेक्का लिएको निर्माणाधीन अवस्थाको भवन भत्केको हो ।
भवनको भग्नावशेषमा पुरिएका केही मानिस हराइरहेकोले खोजी तीब्र पारिएको छ । घटनापछि भवन निर्माणका जिम्मा लिएको कम्पनीका ४ जना कर्मचारीलाई पक्राउ गरि अनुसन्धान थालिएको छ । मृत्यु हुनेमा ३ जना कम्बोडियन नागरिक, २ जना कामदार र दोभाषे रहेका छन् ।