अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५०
| Colorodo: 08:05
चिनियाँ राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाको भ्रमण गर्नुहुने भएको छ । चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार ६ वर्षअघि राष्ट्रपति बनेका सी पहिलो पटक प्योङयाङ जान लाग्नुभएको हो ।
उहाँले आगामी बिहीबार र शुक्रबार उत्तर कोरियाको भ्रमण गर्ने तय भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ। चीनको अमेरिकासँग व्यापार युद्ध चर्किँदै गएको र उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्ध चिसिएको बेला सी प्योङयाङ जान लाग्नुभएको हो ।
सत्तामा आएपछि उत्तर कोरियाका किम दुई पटक बेइजिङ गईसक्नुभएको छ । बेइजिङले भने केही महिनाअघि भएको उत्तर कोरियाको ७० औं स्थापना दिवस कार्यक्रममा कम्युनिष्ट पार्टीका तेस्रो बरियताका नेता पठाएको थियो । यसअघि, सन् २००८ मा उपराष्ट्रपति हुँदा सी प्योङयाङ जानुभएको थियो ।