अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११
| Colorodo: 16:26
काठमाण्डौंमा सञ्चालन भइरहेको एक चर्चित पाँचतारे होटल ‘हायात रिजेन्सी’ बन्द भएको छ । बौद्धस्थित हायात रिजेन्सी करिब २ दशकदेखि सञ्चालनमा थियो । होटल सञ्चालकहरूले त्यहाँ काम गरिरहेका ४ सय मजदुरहरुलाई कुनै जानकारी नै नदिई होटल बन्द गरेको त्यहाँ कार्यरत कर्मचारीहरुले जानकारी दिएका छन्।
होटलले केही दिनयता धमाधम बुकिङ रद्द गर्न थालेपछि आन्दोलनरत कर्मचारी सशंकित भएका थिए। त्यहाँ बुकिङ गरेका पर्यटकहरुको टोलीले र्याडिसन, म्यारियटलगायत होटलमा बुकिङ गरेको कर्मचारीहरुले बताएका छन्।
कर्मचारीको आन्दोलनको कारण देखाउँदै ह्यात होटल बन्द गरिएको होटल ब्यवस्थापनले जनाएको छ । होटल व्यवस्थापनले कर्मचारी आन्दोलनको कारण होटल चलाउनसक्ने स्थिति नभएको जानकारी गराउँदै होटल बन्द भएको जानकारी नेपाल स्टक एक्स्चेन्जलाई गराईएको छ ।